Paschim Express
डडेल्धुराको गन्यापधुरामा सञ्चालनमा आयो आधारभूत अस्पताल

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको हो । 

गन्यापधुरा–२ देवखेतमा निर्माण गरिएको अस्पताल भवनको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । 

उद्घाटनसँगै एक एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन् । 

संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण सम्पन्न भएको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update