Paschim Express
कञ्चनपुरको लालझाडीमा युवक मृत फेला,  हत्याकाे आशंका

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान लालझाडी गाउँपालिका–४, सिलकट्टी जाई शिविरका ३५ वर्षीय राम रेसर राना सडकछेउ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

राना आफ्नै घर नजिकै मोटरघाट सडक किनारमा साइकलसहित मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।

मृतक रानाको निधारमा चोट देखिएको परिवारले जनाएपछि उनीहरूले हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। परिवारका अनुसार मंगलबार साँझ खाना खाएर साइकल लिएर घरबाट निस्किएका राना बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए। शव भेटिएको ठाउँमा उनको माथिल्लो शरीरको लुगा पनि थिएन।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update