Paschim Express
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन डडेल्धुराको अध्यक्षमा पुनः रोहित देउवा

 

 

डडेल्धुरा । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए) डडेल्धुराको अध्यक्षमा अधिवक्ता रोहित देउवा पुनः सर्वसम्मत रूपमा चयन भएका छन्।

बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट देउवाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। देउवा लामो समयदेखि डडेल्धुरामा कानुनी व्यवसायमा सक्रिय छन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्पराज जोशी, सचिवमा गोविन्दराज जोशी र कोषाध्यक्षमा सुरेश थापा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा मोहनराज पाठक, हरिप्रसाद भट्ट, भीमसिंह ठकुराठी, गणेशप्रसाद भट्ट, तारा पन्त र गौरसिंह भण्डारी सर्वसम्मत चयन भएका छन्।

अधिवेशनले केन्द्रीय पार्षद तथा महाधिवेशन प्रतिनिधिमा हरिप्रसाद भट्टलाई चयन गरेको छ भने महाधिवेशन प्रतिनिधिमा मोहनराज पाठक चयन भएका छन्।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए) नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको साझा पेशागत संगठनका रूपमा परिचित छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update