दोधारा चाँदनी झोलुङ्गे पुल भाँचियो
धनगढी । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध भएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो । त्यसपछि पुलको पिल्लरसमेत भत्किएर पुलको संरचना भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुल भाँचिएसँगै उक्त बाटो भएर हुने आवागमन पूर्णरूपमा प्रभावित भएको छ । पुल मर्मतका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


