Paschim Express
जोगबुढा अस्पताल ५० शय्यामा स्तरोन्नति, सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण हुने

काठमाडाैं । सरकारले डडेल्धुराको परशुराम नगरपालिका मातहत सञ्चालनमा रहेको १५ शय्याको जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ।

बैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हस्तान्तरण गर्न स्वीकृति दिएको हो।

निर्णय अनुसार, अब जोगबुढा अस्पतालको पूर्वाधार र सेवामा विस्तार हुने भएको छ। जसले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

फबलतचष-1747312671.png
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update