-1753799362.jpg)
डडेल्धुरा : डडेल्धुरा परशुराम–५ की माया सिलालले गाउँका पानी शुद्धता कसरी गर्ने भन्ने सिकाउन थालेको दुई बर्ष हुन थालेको छ । गाउँका महिला समुहमा गएर उनले खोला र मुहानहरुको पानी सिधै प्रयोग गर्नु भन्दा पहिले शुद्धिकरण गरेर कसरी प्रयोग गर्ने भन्ने बिधि सिकाउने गरेकी छिन् । उनी मात्रै होईन सुदूरपश्चिमका महाकाली नदी किनारका बस्तीका महिलाहरु समुहनै बनाएर पानी शुद्धता अभियान संचालन गर्न थालेका छन् । अशुद्ध पानीबाट हुने सक्ने रोगब्याधीलाई रोग आ–आफ्नो गाउँमा सचेतना फैलाउने गरेका छन् ।
‘गाउँमा पानीका श्रोतहरुको बिभिन्न १० वटा पारामिटमा परिक्षण गर्ने गरेका छौं ।’ उनले भनिन् ‘पानी शुद्धता गर्ने तालिम लिएर आफुहरु यस्तै अभियानमा लागेका छौं ।’ अक्सफाम नेपालको साझेदारीमा रुडुक डडेल्धुराले डडेल्धुरामा महाकाली तडिया क्षेत्रमा स्थानीयहरुलाई समुह बनाएर पानी शुद्धता देखि बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ । महाकाली नदी र सो छेउछाउका महिलाहरुले प्रयोग गर्ने पानीको शुद्धता बारेमा डडेल्धुरामा बृहत छलफल समेत भएको छ ।
डडेल्धुरा, कञ्चनपुर र दार्चुलालाई स्थानीय महिलाहरलाई भेला गरेर पानी शुद्धताको पारामिटरबारेमा प्रयोगात्मक देखि सैदान्तीक ज्ञान आदानप्रदान समेत गरिएको छ । दार्चुला, डडेल्धुरा र कन्चनपुर जिल्लाका महाकाली नदी बेसिन क्षेत्रमा रहेका महिला आर्थिक सशक्तिकरण केन्द्र अन्र्तगतका नागरीक लोक बैज्ञानीकहरुको २ दिने पुर्नताजगी तालिम सम्पन्न गरीएको छ ।
महाकाली नदी बेसिन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रमा रहेका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका श्रोतहरुको विभिन्न १० वटा पारामिटरमा परिक्षण गरी शुद्धता र जनस्वास्थ्य क्षेत्रमा पिउन योग्य र अयोग्य छुट्याउने प्रयोगात्मक तालिम एक कार्यक्रम विच समापन गरीएको छ । अक्सफाम नेपालका साझेदार संस्थाहरु रुडुक, सिआरडिएस र निड्स नेपालको संयुक्त आयोजनाका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा संगको प्राविधिक सहकार्यमा यो तालिम डडेल्धुरामा संचालन गरीएको हो ।
पानी संग प्राय बढि सरोकार र प्रयोग महिलाहरुको बढी रहने र यस प्रयोगात्मक तालिममा पनि ३ वटै जिल्लावाट ३० जना महिलाहरुको सहभागीता रहेकाले जनस्वास्थ्य, पानीको शुद्धता एवं जनचेतनाहरुको अभिबृधि गर्ने क्षेत्रमा यस तालिमको प्रभावकारीता धेरै रहने कुरा समापन समारोहका प्रमुख अतिथि एवं डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतमले वताउनु भयो ।
पानी, जनस्वास्थ्यका दृष्टिकोणले निकै महत्वपूर्ण र संवेदनशिल पनि रहेकोले यस्को प्रयोगमा हामीले निकै सावधानीहरु अपनाई प्रयोग गर्नुपर्दछ र यस्को शुद्धता वारेमा जानकारी राख्नु र अन्य समुदायहरुलाई जानकारी प्रदान गर्नु आवश्यक पनि रहेको छ, यो आजको तालिम पनि निकै महत्वपूर्ण समयमा आयोजना भएको हुदा यसको भरपुर प्रयोग गरी सामाजिक सेवामा तपाईहरु तल्लिन भई कार्य गर्नुहुनेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौ प्रजिअ। ज्युले कार्यक्रममा ब्यक्त गर्नुभयो ।
पानीजन्य रोगले हाम्रो स्वास्थ्यमा निकै प्रतिकुल प्रभाव पारीराख्ने भएकाले हामीले यसवारेमा सचेतका साथै यसको शुद्धता, प्रयोग र व्यवस्थापनमा बैज्ञानीक प्रविधिको परिक्षण पश्चातको उपभोगले पक्कै पनि हामीलाई पानीजन्य रोग एवं प्रभाववाट हुने असरलाई न्यूनीकरण गर्न सक्दछौ, कार्यक्रमका अतिथि एवं स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वाथ्य निरिक्षक केसर बहादुर साउदले बताउनुभयो ।
उनले आगामी दिनमा समुदाय स्तरमा जनस्वास्थ्य संग सम्बन्धित विभिन्न क्रियाकलापहरु संचालन गर्दा कार्यालयको तर्फवाट हुने सहयोग र सहकार्यका सबै मिलि कार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । सम्पूर्ण सहभागीहरुको तर्फवाट परशुराम नगरपालिका वडा नं ५ कि माया सिलालले हामी विगत ३ वर्षदेखी समुदायस्तरमा १० वटा पारामिटरमा पानीको शुद्धता परिक्षण गर्दै आईरहेका छौ, आज हामीले स्वास्थ्य कार्यालय डडेल्धुरामा विभिन्न ल्याव संग सम्बन्धित प्रविधिहरुको अवलोकन र प्रयोगात्मक अभ्यास पनि गर्यौ जस्ले हामीलाई थप उर्जा प्रदान गर्नुका साथै समुदायस्तरका लोक बैज्ञानीकका रुपमा कार्य गर्ने हौसला प्रदान गर्नेछ ।
यस कार्यलाई निरन्तरता दिने र सम्बन्धित सरोकारवाला निकायहरुको साथ सहयोगको अपेक्षा गरेका कुरामा जोड दिएकी थिईन । समापन कार्यक्रम रुडुक डडेल्धुराको सभाहलमा संस्थाकी कोषध्यक्ष लक्ष्मी खर्कवाल ज्युको अध्यक्षतामा सम्पन्न गरीएको थियो ।