Paschim Express
डडेल्धुरा अस्पतालले बिभिन्न कार्यक्रम गर्दै बिश्व स्तनपान सप्ताहको समापन

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुराले बिभिन्न कार्यक्रम गर्दै बिश्व स्तनपान सप्ताहको समापन गरेको छ । अगस्त १ देखि शुरु भए अगस्त ७ सम्म बिभिन्न कार्यक्रम गर्दै बिश्व स्तनपान सप्ताह सम्पन्न गरियो । 


सप्ताह भरी नाटक, सन्देशमुलक गित, ¥याली, स्वास्थ्य शिक्षा, स्तनपानका पराशर्म, प्रश्नोत्तर लगायतका बिभिन्न कार्यक्रम संचालन गरि सप्ताह सम्पन्न गरिएको डडेल्धुरा अस्पताल स्टाफ नर्स उग्यार्न लामाले बताउनु भयो । 

7f057058-4619-44e2-b324-abeb75c326ce-1754655712.jpeg

‘स्तनपानलाई प्राथमिकता दिऔं । सहयोगी वातावरण निर्माण गरौं ।’ भन्ने नारा साथ यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।  विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो ।

70720a7c-dd75-4b45-865a-0eb0aee70a96-1754655738.jpeg

डडेल्धुरा अस्पतालका स्टाफ नर्स, डाक्टरहरु लगायत जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, अमरगढी नगरपालिका र स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा बिभिन्न कार्यक्रम समेत गरिएको थियो ।

61df44cf-5197-4e9a-bd0d-63131edb13b4-1754655774.jpeg

सातै दिनको कार्यक्रममा बिभिन्न कार्यक्रममा गरि करिब ४ सय जना बढी ब्यक्तिहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update