डडेल्धुरा अस्पतालका अध्यक्षमाथि दुर्व्यवहार, भोलिदेखि आकस्मिकबाहेकका सेवा बन्द रहने
डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आज अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेको हो ।
कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुराका अध्यक्ष सहविरद्धारा हस्ताक्षरित आरोपत्रमा डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि जनकारबाही भन्दै १० बुँदे आरोप लगाइएको छ । अध्यक्ष ओझाको नेतृत्वमा अस्पतालमा अनियमितता भएको आरोप संगठनको छ ।
यस्तै अध्यक्ष ओझामाथि दुर्व्यवहार भएको भन्दै भोलिदेखि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहने जनाइएको छ । विकास समितिले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




