Paschim Express
डडेल्धुरा अस्पतालका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने सहमति, सबै सेवा सुचारु

धनगढी । स्थानीय प्रशासनले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । नेकपा बहुमतले बुधबार अध्यक्ष ओझालाई कार्यकक्षमै पुगेर मोसो दलेको थियो । 

आज जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला लगायतको उपस्थितिमा बसेको बैठकले अध्यक्षमाथि दुव्र्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने निर्णय गरेको हो । 

यस्तै, आगामी दिनमा त्यस्ता गतिविधिहरू नियन्त्रण गर्न सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद गतिविधिका बारेमा स्थानीय प्रशासनलाई जानकारी दिने निर्णय पनि भएको छ । बिरामीको अवस्थालाई मध्यनजर राख्दै आजैदेखि अस्पतालको सेवा सुचारू गर्ने निर्णय पनि गरिएको छ । हिजो अध्यक्षमाथि दुव्र्यवहार भएपछि अस्पतालले आकस्मिकबाहेक सेवा बन्द गरेको थियो । 

a68c964f-e505-49f0-90db-b223f6b69903-1767858620.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update