Paschim Express
डडेल्धुरा खेलकुद समितिको अध्यक्षमा ऐर मनोनीत

धनगढी । जिल्ला खेलकुद समिति डडेल्धुराको अध्यक्षमा जगतबहादुर ऐर नियुक्त भएका छन् । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ऐरलाई चार वर्षका लागि अध्यक्षमा मनोनयन गरेको हो । 

प्रदेश खेलकुद नियमावलि २०७७ को नियम ५ (क) को व्यवस्थाअनुसार ऐरलाई अध्यक्ष मनोनीत गरिएको हो । ऐर पूर्व भलिबल र कराते खेलाडी हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update