Paschim Express
सुदूरपश्चिमका सात जिल्ला खेलकुद समितिको अध्यक्ष मनोनयन, कहाँ को ?

धनगढी । सुदूरपश्चिमका सात जिल्ला खेलकुद समितिको अध्यक्षमा मनोनयन गरिएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले अध्यक्ष मनोनयन गरेको हो । 

परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको हो । 

चार वर्षका लागि अध्यक्ष मनोनयन गरिएको खड्काले बताए । उनका अनुसार यसअघि नै मनोनयन गरिएका डोटी र दार्चुला अध्यक्षको अवधि भने बाँकी छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update