Paschim Express
डडेल्धुरा कांग्रेस इतर पक्षको जिल्ला अधिवेशन कात्तिक १४ र १५ गते

धनगढीः नेपाली कांग्रेस डडेल्धुरा इतर पक्षले पार्टीको जिल्ला अधिवेशन तथा १५औँ महाधिवेशन कात्तिक १४ र १५ गते गर्ने भएको छ। सार्वजनिक सूचनाअनुसार अधिवेशन डडेल्धुराको सदरमुकाममा हुनेछ।

अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति, पालिका तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यलगायतलाई सहभागी हुन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस डडेल्धुराका संयोजक दिल्लीराज जोशीले अधिवेशनमा उपस्थितिका लागि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update