Paschim Express
परशुराममा यू–१९ सुदूरपश्चिम छनोट : अछामको विजयी सुरूआत

डडेल्धुरा । यू-१९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा समूह बी का खेलहरू आजदेखि सुरु भएका छन्। उक्त समूहको पहिलो  खेलमा आज  अछामले बझाङलाई ९८ रनले हरायो । जितका लागि पाएको १६४ रनको लक्ष्य पछ्याएको बझाङ २३ ओभर १ बलमा ६५ रनमा समेटियो । 

उसका पारस रोकायाले २४ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । अछामका लागि युवराज खत्री एक्लैले ६ विकेट चट्काए । म्यान अफ द म्याच समेत भएका युवराजले ४।१ ओभर बलिङ गर्दै २ मेडन राखेर २ रन मात्रै  खर्चिएर ६ विकेट हात पारेका हुन् ।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित  जोगबुढा रंग मैदानमा  पहिला ब्याटिङ गरेको अछामले ३८ ओभर ३ बलमा १६३ रनमा सबै विकेट गुमाएको थियो । जसमा आषिश लुहारले ४३, युवराज खत्रीले ३७,रविन भण्डारीले ३४ रनको योगदान गरे ।

प्रतियोगिताअन्तरगत आज कैलाली र अछाम भिड्ने  स्कोरर लोकेश जोशीले जानकारी दिए । समूह बी बाट शिर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसंग भिड्नेछ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update