
डडेल्धुरा । डडेल्धुरा जिल्ला क्रिकेट संघले हालै सम्पन्न एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५को प्रादेशिक छनोट खेलपछि टिम छनोटमा गम्भीर आपत्ति जनाएको छ।
संघ अध्यक्ष हरि प्रसाद उप्रेतीले प्रेस बिज्ञप्ति जारी गर्दै निष्पक्षता र पारदर्शी छनोट प्रक्रिया सुनिश्चित गर्न माग गरेका छन्।
संघका अनुसार डडेल्धुराबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू सुवेश सिंह रावल, एस कुमार कठायत र लोकेश चन्दमध्ये मात्र एक जनालाई समावेश गरिएको छ, जसलाई अन्यायपूर्ण र पक्षपातपूर्ण निर्णय भएको ठहर गरिएको छ।
प्रादेशिक छनोटमा डडेल्धुरा टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेपनि प्रदर्शनका आधारमा योग्य खेलाडीहरूलाई टिममा नसमेटिएकोमा संघले टिम छनोटकर्तामाथि गम्भीर आरोप लगाएको छ।
संघले यो निर्णयले खेलाडीहरूको मनोबलमा गहिरो असर परेको, भविष्यप्रति आशावादी खेलाडीहरू निराश भएको र यसमा चिनजान, भनसुन वा पैसाको चलखेल भएको आशंका व्यक्त गरेको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।