Paschim Express
सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि खेल्दै

धनगढी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

गत संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्‍यो ।

 

 

यी दुई टोली शनिबार मात्र लिग चरणको आ-आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पहिलो क्‍वालिफायरमा पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update