Paschim Express
डडेल्धुरामा कांग्रेस अधिवेशनलाई लिएर दुई धार : उपसभापतिले डाकेको छलफलमा के भयो निर्णय ?


डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको अधिवेशनलाई लिएर विवाद चर्किएको छ । जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढाएपछि नेताहरूबीच मतभेद सतहमा आएको हो ।

अधिवेशनको प्रक्रियाको विरोधमा जिल्ला उपसभापति डिल्लीराज जोशीले शनिबार छलफल बोलाएका थिए । छलफलमा अर्का उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारीलगायत नेताहरू सहभागी थिए ।

छलफलले यथास्थितिमा अधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको जनाइएको छ ।

यता जिल्ला सभापति साउदसहित गोविन्द बोहरा, रघुबर भट्टलगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढाएका छन् । उनीहरू भोलि वडा अधिवेशन गर्ने तयारीमा छन् ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update