Paschim Express
सुदूरपश्चिमका ८ जिल्लामा महाधिवेशनका लागि देउवा समूहले तोक्यो संयोजक, कुन जिल्लामा को ?

धनगढी । समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकेको छ । 

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्लामा संयोजक तोकेको हो  ।

असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहले जिल्ला संयोजक तोकेको हो । 

बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् । 

यस्तै कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update