Paschim Express
डडेल्धुरा कांग्रेसको इतर पक्षले बोलायो बैठक, अधिवेशनबारे छलफल हुने

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको इतर पक्षले १५औँ महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएको छ । जिल्ला कार्यसमितिका उपसभापति डिल्लीराज जोशीले सूचना जारी गर्दै असोज १२ गते दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।

सूचनामा महाधिवेशनका विषयमा बृहत् छलफल गर्नुपर्ने भएकाले जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेशसभा सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति तथा कार्यसमिति, सातवटै पालिका सभापति तथा कार्यसमिति र ५२ वटै वडा सभापति तथा कार्यसमितिलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

त्यसैगरी कांग्रेसका तर्फबाट निर्वाचित समन्वय प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख र भातृ तथा शुभेच्छुक संघ–संस्थाका अध्यक्षहरूलाई समेत बैठकमा उपस्थित हुन भनिएको छ ।

डडेल्धुरा कांग्रेसमा १५औँ महाधिवेशनलाई लिएर लामो समयदेखि विवाद छ । एक पक्षले ३ गतेदेखि नै अधिवेशनमा सहभागी भएको छ भने अर्को पक्ष १५ गतेदेखि हुने अधिवेशनमा सहभागी हुने तयारीमा छ । 

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update