Paschim Express
सुदूरपश्चिमका ४५६ वडामा देउवा पक्षको अधिवेशन सम्पन्न

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशका ४५६ वडामा अधिवेशन सम्पन्न गरेको छ।

देउवा समूहका केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार बिहीबार देशभर ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।

पोखरेलका अनुसार कोशी प्रदेशमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६२, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिममा ४५६ वडामा अधिवेशन सम्पन्न भएको हो।

देउवा समूहले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समानान्तर रूपमा वडा अधिवेशन गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update