Paschim Express
बझाङमा खेत जोत्दा–जोत्दै  खोलामा खसेर ऐडीको मृत्यु

बझाङ । बझाङको बुंगल नगरपालिका–८, ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित ५ सय मिटर तल खोलामा खसेर एक किसानको ज्यान गएको छ। मकै रोप्नका लागि खेत जोतिरहेका किसान सुका ऐडीको दुर्घटनामा परेर मृत्यु भएको हो।

स्थानीयका अनुसार ऐडी खेत जोत्ने क्रममा अचानक सन्तुलन गुमाई गोरुसहित खोलामा खसेका थिए। गोरुको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका किसान ऐडीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जनाइएको छ।

अहिले गाउँघरमा मकै रोप्ने चटारो चलिरहेको बेला एक मेहनती किसानको ज्यान जानु स्थानीयका लागि अत्यन्तै पीडादायक भएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update