
अछाम । समिट एयरले अछाम र बझाङमा रोकिएको हवाई सेवा पुनः सुरु गर्ने भएको छ। विगत ६ महिनादेखि बन्द रहेको धनगढीदेखि अछाम र बझाङसम्मको उडान यही जेठ १९ गतेदेखि पुनः सञ्चालनमा आउनेछ।
समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरका अनुसार जेठ १९ गतेदेखि नियमित उडान सुरु हुँदैछ। अबदेखि अछाम र बझाङका लागि हप्तामा दुई दिन — प्रत्येक सोमबार र बिहीबार — नियमित उडान हुने जानकारी उनले दिए।
उडान तालिका अनुसार, सोमबार (जेठ १९ गते) धनगढी–अछाम र अछाम–नेपालगञ्ज उडान हुनेछ। बिहीबार (जेठ २२ गते) धनगढी–अछाम र अछाम–धनगढी उडान गरिनेछ।
कुँवरका अनुसार धनगढी–अछाम तथा अछाम–नेपालगञ्ज हवाई मार्गको भाडा दर ४ हजार ५ सय रुपैयाँ तोकिएको छ। यात्राका लागि थप जानकारी लिन इच्छुकले समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरलाई ९७४१७८४३९८ मा सम्पर्क गर्न सक्ने बताइएको छ।