Paschim Express
बुढीगङ्गा नदीले बगाउँदा एकजनाको मृत्यु

बजुरा । बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा बुढीगङ्गा–२, ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार, बुढथापा बुढीगङ्गा–३ र ६ मा पर्ने नदीको किनारमा दाउरा संकलन गर्दै गर्दा बगाएको हो।

घर नफर्किएपछि खोजी गर्दा उनी एक किलोमिटर तल नदी किनारमै मृत भेटिएको हवारीले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update