
कैलाली । कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ । जानकी गाउँपालिका– ४ स्थित जनता नमुना माविमा कार्यरत धनगढीको तारानगरका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी शनिबार राति टीकापुरको लोकल स्टेशन होटलमा खाजा खाइरहेको अवस्थामा एक्कासी बेहोस भएका थिए । उपचारका उपचारका लागि टीकापुर अस्पतालमा पुगाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि पन्तसँगै खाजा खाइरहेका तीन जनालाई पक्राउ गरिएको बताएका छन ।
पेयपदार्थमा विषादी सेवन गराएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय