Paschim Express
दार्चुलामा जिप दुर्घटना : एकजनाकाे मृत्यु, ११ घाइते

दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–४ होपरीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक गर्भवती महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार २५ वर्षीया पार्वती टमटा गम्भीर घाइते भएकी थिइन् । गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी गर्भवती पनि थिइन् ।

बिहीबार बिहान सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप होपरीबाट होपरीगाडतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । उक्त घटनामा ११ जना घाइते भएका छन् ।

सबै घाइतेको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले तत्काल उद्धारकार्य गरेर घाइतेहरूलाई अस्पताल पु¥याएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update