Paschim Express
डडेल्धुरामा खुल्यो ‘ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट’

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडामा ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । सोमवार एक कार्यक्रमका बीच ड्रिम क्याफे एण्ड रेस्टुरेन्टको उद्घाटन गरिएको छ ।

यहाँका युवाहरू मिलेर ५० लाखको लगानीमा क्याफे सञ्चालनमा ल्याइएको रेस्टुरेन्टका सञ्चालक उपेन्द्र अवस्थीले जानकारी दिए। उनका अनुसार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनको माथिल्लो तलमा क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।

क्याफे सप नभएको अवस्थामा क्याफे पारखीहरूलाई मध्यनजर गरेर ड्रिम क्याफे खोलिएको सञ्चालक अवस्थीले बताए।

FB_IMG_1760950116006-1760950199.jpg
 

‘नेपालमा विस्तारै कफी पिउने संस्कृति बढ्दै गइरहेको छ। डडेल्धुरा भ्रमणमा आउने कफीका पारखीहरूलाई हामीले कफीको स्वाद दिलाउनेछौँ,’ उनले भने, ‘काठमाडौँ र धनगढीको जस्तै सेवासुविधा दिने गरी हामीले यो नयाँ प्रयास गरेका हौँ। सेवाग्राहीहरूले शान्त र रमणिय वातावरण बसेर कफीको आनन्द लिन सक्नेछन्।’

उनले सुपथ मूल्यमा कफीका साथै विभिन्न प्रकारका भेज तथा ननभेज खाजानस्ता, लोक कुखुराका परिकार, पेय पदार्थको पनि व्यवस्था गरिएको जानकारी दिए।

डडेल्धुरा घुम्न आउने पर्यटकहरूको लागि कफी पिउनको लागि ड्रिम क्याफे पहिलो रोजाइ हुने विश्वास अवस्थीले लिएका छन्। उक्त क्याफेमा पाँचजना युवाले रोजगारीसमेत पाएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update