Paschim Express
सुदूरपश्चिम लोकसेवाले माग्यो ७१ कर्मचारी, कुन पदमा कति ? 

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ । 

प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो । उक्त शीषर्कमा ४४ जना कर्मचारी मागिएको छ । 

यस्तै,  प्रदेश निजामती सेवाको चौथो तहका प्राविधिक पदमा पनि आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको छ । उत्तः शीर्षकमा २७ जना माग गरिएको प्रदेश लोकसेवाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update