Paschim Express
कञ्चनपुर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

धनगढी । कञ्चनपुरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ बस्ने २४ वर्षीय जिप चालक अर्जुन साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो । 

कृष्णपुर नगरपालिका–१ बस्ने ६०वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावतीदेवी बोहराको घटनास्थलमै मृत्यु भएको थियो । 

बिहीबार कृष्णपुर नगरपालिका– १ कुगडास्थित पहरीया–कुमगडा भित्री सडकमा से १ ज २९० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका पाँच जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update