Paschim Express
सुदूरपश्चिममा कसरी मनाइदैछ संविधान दिवस ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाउन तयारी थालेको छ । मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्रदेशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री भट्टकै अध्यक्षतामा २३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

निर्णयअनुसार असोज २ गते प्रदेशका सबै मन्त्रालय, सरकारी निकाय, कार्यालय तथा स्थानीय तहले राष्ट्रिय झण्डा र दिवस केन्द्रित ब्यानर राखेर कार्यालय तथा सार्वजनिक स्थल सजाउने छन् । गाउँ तथा नगरको सरसफाइ गर्नुका साथै साँझ दीपावलीसमेत गरिनेछ ।

असोज ३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मूल समारोह आयोजना गरिने भएको छ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री तथा राज्यमन्त्री, सचिव, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहनेछ ।

बैठकले संविधान दिवसलाई सुदूरपश्चिमका सबै जिल्ला, स्थानीय तह र जनस्तरसम्म विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update