Paschim Express
डडेल्धुरामा भन्सार छलीका सामान बरामद

डडेल्धुरा । डडेल्धुरामा भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको परशुराम नगरपालिका–१२ खैरेनीजालाको तातापानी जोगबुढा सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो । 

उक्त मुल्य बराबरको सुटपिस, बिडी, जिरा, प्लाष्टिकको माला लगायतका सामान इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update