Paschim Express
रसुवाको बाढीमा डडेल्धुराका ९ जना सम्पर्कविहीन

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका ९ जना कामदार सम्पर्कविहीन भएका छन् । 

सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ नाउलीका दीपक घर्ती, राजेश घर्तिमगर र किरण घर्तिमगर रहेका छन् । 

आलिताल–३ कान्तिपुरबाट जलविद्युत् आयोजनामा पुगेका ७ जनामध्ये ६ र ७ नम्बर वडाका तीन जना गरि ९ जना सम्पर्कविहीन भएको उनीहरूसँगै कार्यरत स्थानीय सुनिल बुढामगरले जानकारी दिए । आफू भने बुधबार काममा नगएकाले सुरक्षित रहेको जानकारी गराएको उनका बुवासमेत रहेका आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिए । अहिले छोरा सुनिलसंग पनि सम्पर्क हुन नसकेको वडाध्यक्षा बुढामगरले बयाए ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update