Paschim Express
दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update