
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।
संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई अहिलेका दलको नेताभन्दा माथिको बरियता राख्ने निर्णय पनि भएको धामीले बताए ।
सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ । दलका नेता धामी र पूर्वमन्त्री झपट साउद कार्यदलमा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय