
डडेल्धुरा । डडेल्धुरामा पासोमा परेर चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेतिर नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा पाँच वर्षको चितुवा मृत फेला परेको हो ।
पासोमा परेर मृत्यु भएको उक्त चितुवाको कम्मरमा घाउ रहेको थियो । स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली र डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
मृत चितुवाको शव डिभिजन वन कार्यालयले सरोकारवाला सबैको रहोबरमा आफ्नै परिसरमा व्यवस्थापन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय