
डडेल्धुरा । डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बर बहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए ।
प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय