चाडपर्वलाई लक्षित गर्दै डडेल्धुराका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।दसैँ तिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि जिल्लाको बसपार्क, स्याउले, सकायल र भित्री मधेसको जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।
चाडपर्वमामा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक भीम बहादुर बोहराले बताए ।
उनले जो सुकैलाई पनि समस्या परे सहायता कक्षमा आएर सहयोग लिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




