बुडर–जोगबुढा सडक सुचारु गर्न परशुरामका मेयर सहितको टोली खटियो
डडेल्धुरा । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको बुडर–जोगबुडा सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
शनिबारदेखि अवरुद्ध भएको उक्त सडकखण्ड सञ्चालनमा नआएपछि सोमबार परशुराम नगरपालिकाको टोली पनि सडक सुचारु गर्न खटिएको छ ।

परशुरामका मेयर भरत बडायर जोशी सहितको टोली सडक सुचारु गर्न खटिएको हो । मेयर जोशीका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि परशुराम नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाएर सडक संचालनको प्रयास भइरहेको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ००:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




