दार्चुलाकाे झोलुंगे पुलबाट २२ लाख भारुसहित नेपाली युवक नियन्त्रणमा
दार्चुला । भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ ।
दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १४:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




