Paschim Express
बझाङमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा चारजना घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । सोमबार बिहान जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌याङ्की नजिक तलकोटबाट सदरमुकामतर्फ आइरहेको बा१८च ५१४९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा जिपमा सवार ७ जनामध्ये चारजना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने वर्ष ५६ का बिरबहादुर बम्म, वर्ष ४५ की धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने वर्ष २५ की विद्या बोहरा र वर्ष १७ का शंकर धामी रहेका छन् । 

उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने चालक तलकोट गाउँपालिका– १ बस्ने २३ वर्षीय नबिन बोहरा प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update