Paschim Express
दार्चुला जिप दुर्घटना : यी हुन् दुई भारतीयसहित ८ मृतक

डडेल्धुरा । दार्चुलामा जिप दुर्घटना हुँदा मृत्युु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर- ५ लेकगाउँका ३० विरेन्द्र रावल, उहाँकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका- ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो ।

`मृतक दुई जना भने भारतीय नागरिक छन्,´  डीएसपी दाहालले भने, `युपी बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।´ डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्द्दार गरेर गोकुलेश्वर अस्पताल पुगाइएको र उपचार भइरहेको डीएसपी दाहलले जानकारी दिए ।

जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो । जिपमा तिर्थालु सवार थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update