Paschim Express
डडेल्धुरामा लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम

डडेल्धुरा । डडेल्धुरामा लैङ्गिक हिंसा रोकथामका लागि सरोकारवालालाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला समुत्थान परियोजना धनगढी, कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सोमबार जिल्ला सदरमुकाममा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीमा आउने हिंसाका घटनाहरू, तिनका प्रकृति र अनुसन्धान प्रक्रिया सम्बन्धी जानकारी प्रस्तुत गरे । त्यस्तै, अधिवक्ता रोहित देउवाले हिंसाका विभिन्न प्रकार यसको कानूनी व्यवस्थाहरू तथा पीडितलाई उपलब्ध कानूनी सहायताका उपायहरूको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा महिला समुत्थान परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत (बिष्ट)ले लैङ्गिक हिंसाका समस्या समाधानका लागि सामूहिक प्रयास र जनचेतनाको आवस्यकता रहेको औँल्याउनु भयो । उनले लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक जागरण जरुरी रहेको बताइन् । महिला हिंसा न्यूनिकरणका लागि घर परिवारकै सदस्यले जागरुक हुनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update