
बैतडी । घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
आइतवार दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु सुर्नया गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप सिंह महराले जानकारी दिए ।
मृतक महिलाको श्रीमान् रोजगारीको शिलशिलामा भारत गएका छन् । घरमा ८ महिने छोरा एक्लै रहेका छन् । आफन्तले छोराको रेखदेख गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय