Paschim Express
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं ।  शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने सम्भावना रहेकाे छ ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।

शिक्षक महासंघसँग बारम्बार संवाद हुँदा पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update