Paschim Express
धनगढीबाट बझाङतर्फ गइरहेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटी, जोरायल- धनगढीबाट बझाङ जाँदै गरेको मिनी ट्रक डोटी जिल्लाको जोरायल गाउँपालिका–१ स्थित गोल्डेन बजारको मोडमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिहान करिब ५ बजे भएको सो दुर्घटनामा मिनी ट्रक अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल खस्दा घटनास्थलमै तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ मलेना निवासी अन्दाजी ३२/३३ वर्षीय चालक अर्जुन धामी रहेका छन्। त्यस्तै, अन्दाजी ४२/४३ वर्षीय उज्जल जाग्री र अन्दाजी ४०/४१ वर्षीय जगत धामीको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। उज्वल जाग्री र जगत धामीको स्थायी ठेगाना भने खुल्न बाँकी छ।

ट्रक किन र कसरी दुर्घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update