
डडेल्धुरा । डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
जिल्लाको परशुराम नगरपालिका-१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा बिद्युत सर्ट भई आगलागी आज बिहान ३ः५० बजे आगलागी भएको हो ।
आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ५ लाख १७ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय