Paschim Express
बैतडीमा संस्कृत शिक्षा विस्तारका लागि गुरुकुल सञ्चालन

बैतडी । संस्कृत शिक्षाको विस्तार तथा सनातन परम्पराको जगेर्नाका लागि बैतडीमा ‘शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम्’ सञ्चालन गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिकाको ग्वाल्लेकधाम नजिकै शिवस्थलीमा गुरुकुल स्थापना गरिएको हो। गुरुकुल सञ्चालनका लागि स्थानीय समाजसेवी शङ्कर बोहराले जग्गा दान गरेका हुन्।

संस्थाका संरक्षक एवं निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टका अनुसार गुरुकुलमार्फत संस्कृत शिक्षाको प्रवर्द्धनसँगै सुयोग्य नागरिक उत्पादन गर्ने लक्ष्य लिइएको छ।

गुरुकुलको प्रमुख संरक्षक लवदेव पाण्डेय छन् भने अन्य संरक्षकहरूमा लोकराज भट्ट र सुशील पाण्डेय रहेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update