
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।
सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।
लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्यूँमा लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय