Paschim Express
स्थायी राजधानी धनगढी बनाउने तयारीमा सुदूरपश्चिम सरकार

धनगढी । स्थायी राजधानी धनगढी बनाउने तयारीमा सुदूरपश्चिम सरकार जुटेको छ । १२ असोज २०७५ मा पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित गरेकोमा सात वर्षसम्म पनि सो क्षेत्रको जग्गा प्राप्त नभएपछि स्थायी राजधानी धनगढी बनाउने तयारी भएको हो । 

कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले धनगढीलाई स्थायी राजधानी प्रस्ताव गरेर सदनबाट पास गराउने गृहकार्य गरिरहेको स्रोतको दाबी छ । ‘अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र आसपासकै १३ विगाह जग्गामा स्थायी राजधानीका लागि संरचना बनाउने तयारी छ,’ प्रदेशका एकमन्त्रीले अग्रलेखलाई भने, ‘त्यसका लागि सदनमा सुरुमा प्रस्ताव लगेर पास गराउनुपर्ने छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह गोदावरीको जग्गा प्राप्तिमा कठिनाई भइरहेकोले विकल्प खोज्ने बताउँदै आएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update