Paschim Express
गैसस महासंघ डडेल्धुराको अध्यक्षमा शिवराज पाठक पुनः निर्वाचित

डडेल्धुरा । गैर सरकारी संस्था महासंघ डडेल्धुराको अध्यक्षमा शिवराज पाठक पुनः सर्वसम्मत  निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै विभिन्न पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ।

निर्वाचित कार्यसमिति अनुसार रमेश ठगुन्ना उपाध्यक्ष, सुनिता गैरे सचिव, देवकी कुमारी जाेशी उप–सचिव तथा अमरबहादुर साउद कोषाध्यक्षमा चयन भएका छन्। यसैगरी अम्बिका जोशी, ममता भट्ट (माधवी), गणेश प्रसाद अवस्थी र राम बहादुर खत्री र खगेन्द्र भट्टराई सदस्यमा चयन भएका छन्।

महासंघले समितिको गठनसँगै आगामी कार्यकालका लागि सामाजिक सेवा क्षेत्रको प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update