Paschim Express
बाजुरामा जीप दुर्घटना, चालकसहित ६ जना घाइते

बाजुरा । बाजुराको कर्णाली करिडोरमा शुक्रवार दिउँसो एक जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। कोल्टी बजारबाट हिमाली गाउँपालिका–६, धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार जीप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल कर्णाली नदीमाथि रहेको रुखमा अड्किएको थियो।

दुर्घटनामा घाइते हुनेमा चालक सविन बोहरा (२०), रंगीता बुढा (१८), जुनिता बुढा, विवेक बुढा (२९), अस्मिता शाही (२२) र विज्ञान सार्की (१८) रहेका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update