Paschim Express
बैतडीमा खैरो हेरोइनसहित डडेल्धुराका खड्का पक्राउ

बैतडी । बैतडीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका–६ अर्ताेलाबाट सुनिल खड्का पक्राउ परेका हुन्।

डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का २८ वर्षीय खड्का एक ग्राम ४५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पाटनको प्रहरी टोलीले उनलाई बिहिवार पक्राउ गरेको हो।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update